स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

बजारको मध्य भागबाट राजमार्ग लैजानु हुन्न : मुख्यमन्त्री पौडेल

province 3, nepal - dolmani poudel - the times of nepal
सेयर गर्नुहोस

 २७ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी प्रालिद्वारा आज आयोजित कार्यक्रममा उहाँले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग लैजाँदा विकासशील हेटौँडाको विकास प्रक्रियासमेत रोकिने बताउनुभयो । ठूला ठूला लहरी, मालवाहक वा अत्यधिक गतिमा कुद्ने मोटर व्यस्त बजारबाट गुडाउने कुराले आधुनिक विकास हुन नसक्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले ५० मिटरको फराकिलो बाटो चौकी टोल–कर्रा खोला–रातोमाटे भएर बन्न शुरु भइसकेको बताउनुभयो । कसैको घर भत्किए मेरो घरअगाडि पर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने भन्दै उहाँले बजार क्षेत्रमा ३२ मिटरको फराकिलो बाटो बनाइने र ३२ मिटरभित्र चार लेनको बाटो, पार्किङ र बगैँचासमेत निर्माण गरिने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -