स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन उद्घाटन

स्वास्थ्य चौकी भवन उद्घाटन
सेयर गर्नुहोस

 २७ मङ्सिर : तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो ।

दुई तल्लामा १३ कोठा रहेको उक्त भवनमा ६ कोठा स्वास्थ्य कर्मीहरुका लागि कार्यालय र आवास तथा सात कोठा स्वास्थ्य परीक्षणको लागि प्रयोग गरिएको छ ।

सङ्घीय सरकारको आर्थिक लगानी तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको बिहीबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता ईश्वरप्रसाद पाण्डेको परिवारलाई सम्मान गर्नुभयो । स्थानीयवासी ईश्वरप्रसाद पाण्डे र चिजामाया पाण्डेले भवन निर्माणका लागि पाँच रोपनी जग्गा दान दिनुभएको थियो ।

भवनबाट सेवासमेत शुरु भइसकेको स्वास्थ्य चौकीका प्रमुख सागर तिवारीले जानकारी दिनुभयो । यो भवनमा बर्थिङ सेन्टर सञ्चालन गर्ने गृहकार्य भइरहेको बताउँदै उहाँले स्वास्थ्य चौकीमा दैनिक १५ भन्दा बढी बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -