स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण

सेयर गर्नुहोस

२७ मङ्सिर : सगरमाथा सिमेन्ट प्रालि घोराहीले राप्ती बहिरा सङ्घ तुलसीपुरलाई ७० थान कम्मल प्रदान गरेको छ । सङ्घले सञ्चालन गर्दै आएको छात्रावासमा बसोबास गर्ने सुस्त श्रवण भएका बालबालिकालाई जाडोबाट बचाउनका लागि बिहीबार उक्त परिमाणको कम्मल प्रदान गरेको हो ।

सो अवसरमा सङ्घका निर्देशक प्रतिमा शर्माले छात्रावासमा नै आएर बालबालिकालाई कम्मल वितरण गरेकोमा धन्यवाद दिनुभयो । सो छात्रावासमा साविकको राप्ती अञ्चलका पाँच वटै जिल्लाका दुई दर्जन भन्दा बढी सुस्त श्रवण भएका बालबालिका बसोबास गर्दै आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -