स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा

मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा
सेयर गर्नुहोस

२६ मङ्सिर : कर्णाली प्रदेश मातहतमा रहेका सरकारी कार्यालयको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा चौमासिक समीक्षा गरिएकोे छ ।

प्रदेश सरकारको बजेट खर्च हुन नसकेको गुनासो जनस्तरबाट आइरहेको बेला मुख्यमन्त्री शाही जाजरकोट आएर चौमासिक समीक्षा, प्रगति विवतरणबारे जानकारी लिनुभएको हो । प्रदेश मातहातका कार्यालयको विकास बजेट जनताको जनआकाङ्क्षाअनुसार तीव्र गतिमा परिणाम निस्किने गरी काम गर्नसमेत उहाँले निर्देशन दिनुभयो ।

मुख्यमन्त्री शाहीले साना आयोजनाका काम बोलपत्र नगरीकन अगाडि बढाउन र ठूला आयोजनामा मात्र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम गर्नसमेत निर्देशन दिनुभयो ।

उहाँले जिल्लामा प्रदेशका कार्यालयमा लेखापाल अभाव टार्न सङ्घीय सरकारको मातहातमा रहेका कार्यालयका लेखापालबाट आर्थिक कारोवार गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री शाहीले ६ दिनभित्र जिल्लाको प्रगति विवरण पेश गर्नसमेत प्रदेश सरकारका मातहतका कार्यालयलाई आग्रह गनुभयो ।

प्रदेश सरकारको मातहातमा रहेका कार्यालयमा बजेट अभाव नहुने तर काम तोकिएकै मितिमा गर्नुपर्ने आन्तरिक, मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताउनुभयो । सबै कार्यालयमा अख्तियारी दिइसकेकाले काममा तीव्रता दिन उहाँले आग्रह गनुभयो । मुख्यमन्त्री शाहीले आजै जाजरकोटको ५० श्ययाको स्वास्थ्य सेवा कार्यालयको भवन आज उद्घाटन गर्नुभयो ।

जिल्लामा एम्बुलेन्स नभएकाले सोका लागि छिट्टै पहल गर्ने मुख्यमन्त्री शाहीले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली विद्यार्थीले जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि पठाएका उपहार अर्थात् किताब बोक्ने झोला कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यहाँका विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो । भेरी नगरपालिकाको समन्वयमा मुख्यमन्त्री शाहीले नगरपालिकाभित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने चार हजार ४५३ विद्यार्थीलाई उक्त उपहार अर्थात् झोला हस्तान्तरण गर्नुभएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -