स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

दाउरा बोकेर फर्किने बेला भिरबाट लडेर महिलाको मृत्यु

सेयर गर्नुहोस

२६ मङ्सिर : पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो ।

स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधबार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान मृतावस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

दाउरा बोकेर फर्किने बेला भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीको छ । मृतक दर्जीको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -