स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह

shakti basnet,Forest and Environment Minister, Shakti Bahadur Basnet
सेयर गर्नुहोस

 २६ मङ्सिर : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न विकसित देशहरुलाई आह्वान गर्नुभएको छ ।

स्पेनको राजधानी म्याड्रिडमा जारी संयुक्त राष्ट्रङ्सघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उहाँले विकसित देशलाई कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरणसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराउनुभयो ।

विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुलाई जलवायु परिवर्तन अनुकूलन नीतिनिर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने मन्त्री बस्नेतको भनाइ रहेको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियसमा सीमित गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराउनुभएको थियो । गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उहाँले कार्बन उत्सर्जनको वर्तमान वृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरु उच्चतम जोखिममा रहेको उल्लेख गर्नुभयो । दक्षिण एशियामा मात्र विश्वको २० प्रतिशत जनसङ्ख्या हिन्दू–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औँल्याउनुभएको थियो ।

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोबास गर्ने ठूलो जनसङ्ख्या हिमताल विस्फोटन, अत्यधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उहाँले यो क्षेत्रमा विशेष ध्यान दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो । “जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ”, मन्त्री बस्नेतले भन्नुभयो । नेपालले स्थानीयस्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको उहाँले सम्मेलनमा जानकारी दिनुभएको प्रेस संयोजक भट्टले बताउनुभयो ।

मन्त्री बस्नेतले सम्मेलनमा नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चका रूपमा ‘सगरमाथा संवाद कार्यक्रम’को आयोजना गरेको जानकारीसमेत गराउनुभएको थियो । उहाँले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -