स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले रङ्गशालाको अवलोकन

डोरमणि पौडेलले रङ्गशालाको अवलोकन
सेयर गर्नुहोस

२६ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा उहाँले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको बताउनुभयो । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको रु पाँच करोड भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिनुभयो ।

रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको उहाँले बताउनुभयो । “रङ्गशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस्, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौँ”,मुख्यमन्त्री पौडेलले भन्नुभयो । उहाँले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उहाँले त्यसको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले रङ्गशाला निर्माणमा भइरहेको कामको प्रगतिबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । उहाँले प्रदेश सरकारबाट विनियोजन भएको बजेट सहज रुपमा रङ्गशाला निर्माणका लागि खर्च गर्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो । रङ्गशाला निर्माणले तीव्रता लिएको भन्दै उहाँले बजेटको भने अभाव रहेको बताउनुभयो ।

फाउण्डेशनले शिलान्यास भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रङ्गशाला निर्माण अघि बढाएको हो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -