मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन


Melamchi Water Supply Project

२६ मङ्सिर : मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।

स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ ।

Advertisement

मजदूरलाई ज्याला बापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी भेरिफाइ (जाँच गर्ने) काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “त्यो सकिना साथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।” सिएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताउनुभयो । कम्पनी निर्माण कार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो ।

नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी छ । काठमाडौँका सडक कालोपत्र गरिँदै काठमाडौँका बानेश्वर, पुरानो बानेश्वर, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा सडक कालोपत्र शुरु गरिएको छ ।

चालू आर्थिक वर्षमा काठमाडौँका धेरै सडकमा कालोपत्रको योजना रहेकामा अधिकांशमा भइरहेको र कतिपयमा ठेक्का सम्झौता भइसकेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यी सडकमध्ये कतिपयमा खाल्डाखुल्डी देखिएकाले र कतिपयमा निर्माणको लामो समय भइसकेकाले कालोपत्र गरिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताउनुभयो ।

कार्यालयले नियमित रुपमा खाल्डा देखिएका स्थानमा कालोपत्र गर्ने र सडक मर्मत गरेको लामो समयपछि खाल्डा नभएपनि कालोपत्र थप्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “माइतीघर–तीनकुने सडक कालोपत्र गरेको छ÷सात वर्ष भइसकेकाले अहिले धमाधम कालोपत्र भइरहेको छ ।” चालू आवमा सो कार्यालयले आकाशे पुलसमेत निर्माण गरिरहेको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?