जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण


The Times Of Nepal provides the latest news from Nepal and the world in Nepali time. - The Times Of Nepal

२६ मङ्सिर : दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

“उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ”, वडाध्यक्ष नवराज लामिछानेले भन्नुभयो, “यसले उहाँहरुलाई सहज भएको छ ।”

Advertisement

अध्यक्ष लामिछानेका अनुसार शारीरिक अपाङ्गता भएकी डुम्रिगाउँका सुष्मा श्रेष्ठ, रजौराका ९१ वर्षीया खगेश्वरी रजौरे, गोलौराका ९६ वर्षीया छविलाल रेग्मी र गाइडहरका ८१ वर्षीया पिपादेवी केसीलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।

अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिनेसमेत उहाँले बताउनुभयो । पहिलो चौमासिकअन्तर्गत ज्येष्ठ नागरिकलाई रु तीन हजारका दरले रु १२ हजार र शारीरिक अपाङ्गता भएका व्यक्तिलाई रु दुई हजारका दरले रु आठ हजार वितरण गरिएको हो । उक्त वडामा कृषि विकास बैंक तुलसीपुर शाखाले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?