स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री पौडेलद्वारा सोमेश्वरगढीको अवलोकन

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
सेयर गर्नुहोस

२५ मङ्सिर : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन माडीस्थित सोमेश्वरगढी क्षेत्रको आज बिहान अवलोकन गर्नुभएको छ ।

सो क्षेत्रमा कुँदिएका मूर्ति र निर्माणाधीन गोलपार्कको उहाँले अवलोकन गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले नेपाल भारत सिमाना सोमेश्वरगढीस्थित रहेका स्तम्भ र त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिनुभयो । सो अवसरमा उहाँले माडी पर्यटकीय हब बन्ने बताउनुभयो ।

उहाँले सोमेश्वर क्षेत्रमा कुँदिएका मूर्तिले पर्यटकलाई आकर्षित गर्ने भन्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले माडीको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

“माडीमा निर्माण भइरहेका योजनाले विकासको गोरेटो कोरिएको छ, यसले दीर्घकालसम्म उत्तिकै महत्व राख्दछ”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारका तर्फबाट माडीमै विशेष कार्यक्रम गर्नेे प्रतिबद्धता पनि मुख्यमन्त्री पौडेलले जनाउनुभयो ।

यसैगरी उहाँले माडीमा शुरु गरिएको सामूहिक खेती, मदन बाटिका पार्क, तटबन्धन र माछापोखरीको समेत अवलोकन गर्नुभयो । सो क्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले माडीमा निर्माण भइरहेका योजनाका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -