स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल

south asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

 २५ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) यसअघि नेपालमा सञ्चालन भएका सबै प्रतियोगिताको तुलनामा अब्बल सावित भएको छ ।

छोटो तयारीमा पनि व्यवस्थित, भव्य, सभ्य र ऐतिहासिक ढङ्गबाट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरी विश्व समुदायमा नेपालले गौरव गर्नलायक उदाहरण प्रस्तुत गरेको छ । प्रतियोगितामा नेपालले यसअघिका सागका सबै संस्करणभन्दा निकै राम्रो नतिजा हासिल गरेको छ भने उद्घाटन र समापन समारोह पनि नवीनतम प्रविधिसाथ मौलिक संस्कृति र गौरवगाथालाई आकर्षकरूपमा प्रस्तुत ग¥यो ।

सागको सफलताको प्रशंसा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता समापन समारोहमा भिडियोबाट सन्देश दिँदै भन्नुभयो, “दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने अपेक्षालाई १३औँ सागले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ ।”

तेह्रौँ साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसँगै नेपालले ठूला प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता प्रदर्शित गरेको छ भने अर्कातर्फ अन्तर्राष्ट्रिय जगतमा नेपालको खेल क्षेत्रको प्रतिष्ठा बढेको छ । यति ठूलो प्रतियोगिताको आयोजना गर्दा व्यवस्थापनका हिसाबले कहीँकतै प्रश्न चिह्न खडा हुने खालका कमीकमजोरी महसुस नभएको भनी व्यवस्थापनको सर्वत्र प्रशंसा भएको छ ।

विगतका तुलनामा धेरै खेल विधा र खेलाडीको संलग्नतामा काठमाडाँै, पोखरा र जनकपुरमा एकैसाथ व्यवस्थित ढङ्गबाट प्रतियोगिता आयोजना गरिएको थियो । तेह्रौँ सागमा नेपाली खेलाडीले धेरै कीर्तिमान कायम गरेका छन् । पौडी विधाका विभिन्न खेलमा गौरिका सिंहले चार वटा स्वर्ण जितेर यस क्षेत्रका सबै खेलाडी र प्रशिक्षकलाई छक्क तुल्याउनुभयो । उहाँ प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडीका रूपमा सम्मान प्राप्त गर्न सफल हुनुभयो ।

कुस्ती विधामा सङ्गीता धामीले नेपालाई सागको इतिहासमै पहिलोपटक स्वर्णपदक दिलाउनुभयो भने एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठले छिटो दौडने महिलाको रेकर्ड बनाउनुभयो । नेपाली खेलाडीले खासगरी फुटबल, तेक्वान्दो, जुडो, कुस्ती, पौडी, साइक्लिङ, एथेलिटिक्स, ट्रायथलन र बक्सिङलगायतमा विधामा ऐतिहासिक जित हासिल गरे ।

कराँतेका मण्डेकाजीबाट नेपालका लागि खाता खोलिएको स्वर्ण पदकको शृङ्खला फुटबलमा सहित ५१ पुगेपछि स्थगन भएको थियो । सदस्य राष्ट्रका सबैको चासो र आकर्षको विधाका रूपमा रहेको फुटबलमा पनि नेपालले यसपटक बाजी मार्न सफल भयो । प्रतियोगितामा तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले २–२ स्वर्ण पदक नेपाललाई दिलाउनुभयो । घरेलु मैदान, निरन्तर प्रशिक्षण, राष्ट्रप्रेम, अनुशासन, मेहनत र साहसले यसपटक नेपाली खेलाडीलाई सफलताको शिखर चुम्न सहयोग पु¥याएको थियो । छब्बीस खेल विधाका लागि ५९९ नेपाली खेलाडी र अरु सदस्य राष्ट्रका दुई हजार ९१० खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।

नेपालले यसपटक अहिलेसम्मकै कीर्तिमान तोडेर ५१ स्वर्ण, ६० रजत ९५ कास्यसहित २०६ पदक प्राप्त गर्न सफल भएको छ । कूल ३१६ स्वर्णसहित एक हजार ६३ पदकका लागि सार्क राष्ट्रका खेलाडीबीच भएको प्रतिस्पर्धामा भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यमाथि कब्जा जमायो । सधैँ राजनीतिक समाचारलाई पहिलो पृष्ठ, प्रमुख हेडलाइन र स्थान दिँदै आएका नेपालका आमसञ्चारमाध्यमले १५ दिनयता निरन्तर १३औँ साग प्रतियोगितासम्बन्धी समाचार र तस्वीरलाई विशेष स्थान र महत्व दिएका थिए ।

खेल र खेलाडीको सफलताको गाथा समेटिएको समाचार प्रसारणभएसँगै अरु खेलाडीको मनोबलसमेत उच्च बन्न पुगेको थियो । यस प्रतियोगितामा नेपाली खेलाडीले ट्रायथलनमा दुई, कराँतेमा १०, तेक्वान्दोमा १२, उसुमा पाँच, एथेलेक्टिसमा तीन, साइक्लिङमा चार, बक्सिङमा तीन, पौडीमा चार, भारोत्तोलनमा दुई, कुस्तीमा एक, जुडोमा दुई, गल्फमा दुई र फुटबलमा एक स्वर्ण पदक प्राप्त गर्न सफल भए ।

तेह्रौँ सागमा ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित श्रीलङ्काले तेस्रो स्थान प्राप्त गर्न सफल रह्यो भने पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य प्राप्त ग¥यो । प्रतियोगितामा बङ्गलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य, माल्दिभ्सले १ स्वर्ण र ४ कास्य तथा भूटानले ७ रजत र १३ कास्य पदक हात पा¥यो । कुशल व्यवस्थापनमा १३औँ प्रतियोगिताको सफल आयोजनासँगै अब नेपाल जस्तोसुकै ठूला कार्यक्रम र आयोजना गर्नसक्छ भन्ने अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न सफल भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -