स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्री नियमित डायलासिसका लागि अस्पतालमा

सेयर गर्नुहोस

 २४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि आज साँझ अस्पताल जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री डायलासिस सकेर आजै प्रधानमन्त्री निवास फर्कनुहुनेछ । “प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ ७ः३० बजेतिर अस्पताल जानुभएको छ ।

डायलासिस सकिएपछि उहाँ आजै अस्पतालबाट फर्किनुहुन्छ,”, प्रेस सल्लाहकार थापाले भन्नुभयो । प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उहाँ उपचारपछि यही मङ्सिर १९ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -