स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’

सेयर गर्नुहोस

 २४ मङ्सिर : १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर उहाँले सागमा सहभागी खेलाडीले देखाएको प्रदर्शनले निकै हर्षको अनुभूति गराएको र आगामी दिनमा समेत अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न पोखरा सक्षम छ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गर्नुभएको छ ।

साग आयोजनाले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको र प्रतियोगिताका क्रममा खेलाडी तथा अफिसियलको पोखरा बसाइँ सुखद् र यादगार बनाउन भूमिका खेल्ने होटल व्यवसायी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम पोखरेली खेलप्रेमीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।

पोखरामा आयोजना गरिएको आर्चरी, फुटबल (महिला), ह्याण्डबल (महिला÷पुरुष), बिचभलिबल (महिला÷पुरुष), भारोत्तोलन (महिला÷पुरुष), ब्याडमिन्टन (महिला÷पुरुष), ट्रायथोलन (महिला÷पुरुष) र क्रिकेट (महिला) का खेल भव्यताका साथ सम्पन्न भएकासमेत संयोजक पुनले उल्लेख गर्नुभएको छ । पोखरामा सम्पन्न खेलमा खेलाडी र प्रशिक्षक ८४२ तथा रेफ्री र निर्णायक ४९४ गरी एक हजार ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -