स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध

नेविसङ्घ - The Times Of Nepal
सेयर गर्नुहोस

२३ मङ्सिर : नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले कोहलपुर घटनाको विरोध प्रदर्शन गरेको छ ।

नेविसङ्घ काठमाडौँ जिल्ला शाखाले आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको विरोधमा आज पशुपति क्याम्पस चावहिल अगाडि प्रदर्शन गरेको हो ।

पशुपति क्याम्पसबाट शुरु भएको विरोध ¥याली चावहिल चोक परिक्रमा गरेर पशुपति क्याम्पसमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएका विद्यार्थीलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताउनुभयो ।

“विद्यालयको पोसाक लगाएका विद्यार्थीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ”, उहाँले भन्नुभयो । आइतबार बिहान ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते चन्दको हाल ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -