स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

साग – सुटिङमा भारतलाई १८ स्वर्ण

South Asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

२३ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।

स्वर्ण रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो । त्यस्तै दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बङ्गलादेशले कूल १० पदक हात पार्न सफल भयो । बङ्गलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो ।

चौथो स्थानमा रहेका श्रीलङ्काले २ रजत र ५ कास्य गरी कूल सात पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे । सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो ।

यसको समूह चरणमा नेपाली टिम पाँचौँ हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अङ्कसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलङ्काका एलभिस के.ए.आई. र फर्नान्डो टी.डी.एसको जोडी ८ अङ्कमा रोकिएको थियो ।

कास्य पदकका लागि भने बङ्गलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बङ्गलादेशले बाजी मार्न सफल भयो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अङ्कका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अङ्कमा रोकिँदै चौथो स्थानमा रहे । विजेता खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -