स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी

सेयर गर्नुहोस

२३ मङ्सिर : रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ ।

आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उहाँले भन्नुभयो, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।”

करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -