स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

साग : बास्केटबलमा नेपाल सेमिफाइनलमा

South Asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

२२ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालका लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गर्नुभयो । त्यसैगरी आयुष सिंहले १५ तथा सदीश प्रधानले १४ स्कोर गर्नुभयोे । अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -