स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

साग : नेपालका दुई खेलाडी फाइनलमा

South Asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

२२ मङसिर : राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुग्नुभएको छ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुग्नुभएको हो ।

इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नुहुनेछ । त्यस्तै पुरुषतर्फ सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बङ्गलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुग्नुभएको हो । सन्जित अब स्वर्ण पदकका लागि श्रीलङ्काका चामरा नुवसँग भिड्नुहुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -