स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई

Yogesh Bhattarai , Nepali politician , Minister of Culture, Tourism and Civil Aviation - the times of nepal
सेयर गर्नुहोस

 २१ मङ्सिर : डिसेम्बर ७ अर्थात् अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षाबारे गोष्ठी, प्रभातफेरी, झण्डोत्तोलनलगायत कार्यक्रम आयोजना ग¥यो ।

यसै अवसरमा बिहान सिनमामङ्गलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्म प्रभातफेरि गरियो । प्रभातफेरिमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका उच्च अधिकारी, क्यानका महानिर्देशक राजन पोखरेललगायत मन्त्रालय, क्यान, विमानस्थल र नेपाल वायु सेवा निगमका कर्मचारी एवं पर्यटन व्यवसायीको सहभागिता थियो ।

अन्तरारष्ट्रिय विमानस्थलको टर्मिनल परिसरमा पर्यटनमन्त्री भट्टराईले नेपालको राष्ट्रिय झण्डा र आइकाओको झण्डोत्तोलन गर्नुभयो । सो अवसरमा मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सरकार लागिपरेको बताउनुभयो ।

उहाँले हवाई क्षेत्रमा देखापरेको विश्वव्यापी आयाम र नेपालको बद्लिदो परिस्थितिअनुरुप मन्त्रालयले नीगिगत तथा संरचनागत सुधारका काम अघि बढाएको उल्लेख गर्नुभयो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको मापदण्डअनुरुप उड्डयनको सुरक्षा, सेवा गुणस्तर अभिवृद्धिमा लागिपरेको बताउनुभयो ।

सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाई जहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन शुरु गरिएको हो ।

पछि संयुक्त राष्ट्रसङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -