सुन तोलामा ३०० ले घट्यो

सुन तोलामा ३०० ले घट्यो


पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० तोकेको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४०० निर्धारण गरिएको छ ।

Advertisement

बिहीबार तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?