स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

अध्यक्ष्य प्रचण्डद्वारा तेघरीको अवलोकन

सेयर गर्नुहोस

१९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तरियास्थित तेघरीमा बन्न लागेको सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी क्षेत्रको अवलोकन गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार गर्ने वित्तीय सम्मेलनको उद्घाटनका क्रममा धनगढी आइपुग्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बन्ने स्थानको स्थलगत अवलोकन गरी जानकारी लिनुभयो ।

उहाँले अवलोकनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारले तोकेको स्थायी राजधानीको स्थान उपयुक्त रहेको प्रक्रिया दिएको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदले जानकारी दिनुभयो ।

प्रचण्डसँगै अवलोकनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -