स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

रैथाने कृषि जैविक विविधताको संरक्षणमा चासो

सेयर गर्नुहोस

पाल्पा, १९ मङ्सिर : लोपोन्मुख अवस्थामा रहेका रैथाने अन्नबाली, कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र दीगो उपयोग गरी कृषिको समुचित विकासमा प्रदेश ५ सरकारले चासो देखाएको छ । स्थानीय रैथाने अन्नबाली उत्पादनमा किसानको आकर्षण बढाउने र खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्न आवश्यक देखिएका बेला प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सक्रियता बढाएको हो । ‘हाइब्रिड’ अन्नवालीका कारण स्थानीय अन्नबाली उत्पादनमा देखिएको ह्रास रोक्नका लागि चासो बढाउन आवश्यक रहेको छ ।

प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालय रुपन्देहीद्वारा पाल्पाको तानसेनमा बुधबार आयोजना गरेको कृषि जैविक विविधताको संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा किसानको परम्परागत ज्ञान, सीप, खोज, प्रविधि, उपयोग र अभ्यासको हकहितको संरक्षण एवं संवद्र्धन गर्नुपर्ने खाँचो औल्याइयो । प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बाटोमा हिँड्दा बसाउने झिनियाँ धान अहिले लोप भएको भन्दै यस्ता स्थानीय रैथाने बाली संरक्षणमा सबैको चासो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी साना हुँदा गहुँभित्र बेथे हुन्थ्यो, अहिले हुँदैन । धानखेती गर्दा खेतमा माछा हुन्थ्यो । माछा माथ्र्यो, अहिले बालबालिकामा त्यस्तो स्थिति छैन ।”

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रम समायोजन गर्ने बताउनुभयो । उहाँले कृषि जैविक विविधतासम्बन्धी कार्यक्रमलाई निरन्तरता प्रदान गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । कृषि विज्ञ कमानसिंह थापाले देशमा आर्थिक परिर्वतनका लागि काम धेरै गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि कार्यालयका प्रमुख, विज्ञ तथा किसानको सहभागिता थियो ।

कार्यक्रममा कृषि आनुवंशिक स्रोत तथा पदार्थको पहुँच र उपयोगबाट सिर्जित अवसर र लाभको समन्यायिक वितरण प्रणालीको व्यवस्था मिलाउने विषयमा चर्चा भएको थियो । दीर्घकालीनरूपमा कृषि जैविक विविधताको संरक्षण एवं संवद्र्धन गरी पर्यावरणीय सन्तुलन अभिवृद्धि गर्नमा योगदान पु¥याउने रहेकाले सोहीअनुसार नीति तथा कार्यक्रम तय गर्न आवश्यकता महसुस गरिएको थियो । कार्यक्रममा खाद्य एवं कृषिजन्य आनुवंशिक स्रोत, पदार्थ तथा स्थानीय ज्ञान, सीप आदिको संरक्षण, उपयोग र लाभको समन्यायिक एवं न्यायिक अवस्था, वर्तमान र भावी पुस्ताको खाद्य सुरक्षा एवं गरीबी न्यूनीकरण गर्न कृषि जैविक विविधताको संरक्षणसम्बन्धी चार वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -