स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण : महिला फुटबल फाइनलमा भारत

south asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडाँैको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जित्नुभयो । उहाँले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जित्नुभएको हो ।

मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गर्नुभयो । साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जित्नुभएको थियो । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जित्नुभयो । उहाँले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गर्नुभयो । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पार्नुभयो । उहाँले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गर्नुभयो । यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।

महिला फुटबलः भारत फाइनलमा

तेह्रौँ दक्षिण एशियाली खेलकूलद ९साग० अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारतले आजकै पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो । महिला फुटबलमा आज नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -