स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

तेह्रौँ साग : महिला क्रिकेटमा बङ्गलादेश विजयी

South Asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

 १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज पोखरामा सम्पन्न महिला क्रिकेट प्रतिस्पर्धामा बङ्गलादेशले विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको हो । टस हारेपछि ब्याटिङमा आएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२२ रन जोडेको थियो ।

जीतका लागि १२३ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १८ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । श्रीलङ्काका तर्फबाट यू थिमासिनीले ४९ बलमा ५६ रन जोड्नुभयो । क्याप्टेन एच माधवीले ३० बलमा एक छक्का र दुई चौका प्रहार गर्दै ३३ रन बनाउनुभयो ।

बङ्गलादेशको बलिङमा नहिदा अख्तरले चार तथा जहनर आलमले एक विकेट लिनुभएको थियो । बङ्गलादेशको जीतका लागि संजिदा इस्लामले अविजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिनुभयो ।

श्रीलङ्काका यू थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक÷एक विकेट लिनुभएको थियो । खेलमा बङ्गलादेशकी संजिदाले ‘प्लेयर अफ दी म्याच’ को उपाधि हासिल गर्नुभयो । प्रतियोगिताअन्तर्गत बुधबार बिहान ९ बजे आयोजक नेपाल र बङ्गलादेश तथा दिउँसो १ बजे श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -