स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

तेह्रौँ साग : महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

सेयर गर्नुहोस

१६ मङ्सिर : तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त ग¥यो ।

नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो । समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेका थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -