एचआइभीबाट बच्न जनचेतना आवश्यक

एचआइभीबाट बच्न जनचेतना आवश्यक


AIDS - The Times Of Nepal

एचआइभी (एड्स) सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सघाउ पु¥याउनुभएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी आज यहाँ सम्मानित हुनु भएको छ ।

मोरङ प्रहरीले एचआइभी सङ्क्रमणविरुद्ध चलाएको अभियानबाट पाँच हजार मानिस लाभान्वित भएको तथा दैनिक २५ देखि ३० लाई यस अभियानमा सहभागी गराउँदै आएको छ । यस्तै बालबालिकाको हक, अधिकार तथा संरक्षणमा खेलेको भूमिकाप्रति उपरीक्षक अधिकारीलाई सिविनले पनि सम्मान गरेको थियो ।

Advertisement

एकतीसौँ अन्तर्राष्ट्रिय एड्स दिसको अवसरमा प्रदेश नं १ स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय मोरङद्वारा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्तरुपमा अधिकारीलाई सम्मान गर्नुभएको हो । मन्त्री घिमिरेले जान वा अन्जानमा सङ्क्रमण हुने यो रोगबाट बच्न युवामा व्यापक जनचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले समयमै सर्तक रहन सक्यो भने प्राणघातक रोगबाट बच्न सकिने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले कुलतमा फसेका युवामा यस्ता रोगको सङ्क्रमण बढ्ने खतरा भएकाले अभियन्ताले यस्ता समूहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

User Avatar
द टाइम्स अफ नेपाल
अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ । “परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL , thetimesofnepal.com

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?