स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

मोरङमा काँग्रेस विजयी : कास्कीमा नेकपाको अग्रता

election, Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कास्कीमा नेकपाको अग्रता कायमै

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिनुभएको छ । उहाँले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -