स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

उपनिर्वाचन २०७६ : वडाध्यक्षमा कुन स्थानमा कस्को वर्चस्व ?

उपनिर्वाचन, election, Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, १५ मङ्सिर : शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ ।

मार्तडी : बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का मनराज बुढा विजयी हुनुभएको छ । बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कूल एक हजार ३९ मतदाता रहेकामा ७२७ मत खसेका थिए । तीमध्ये विजयी बुढा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खम्म नेपालीसँग ३५ मतान्तरले पराजित हुनुभएको थियो । वडाअध्यक्ष नेपालीको गत वर्ष असार १३ गते जीप दुर्घटनामा मृत्यु भएको थियो ।

दाङ ः घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका ताराबहादुर डाँगी विजयी हुनुभएको छ । डाँगी एक हजार २२२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुरेशबहादुर केसी एक हजार ११७ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

चार हजार ४५३ मतदाता रहेकामा तीन हजार २२६ मत खसेका थिए जसमा ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा सो वडामा नेकपा एमालेका लछिनप्रसाद बुढा विजयी हुनुभएको थियो । उहाँको निधन भएपछि अहिले वडामा उपनिर्वाचन भएको हो ।

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ । मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५४० मत ल्याएर विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई ११ मतले पराजित गर्दै महिला उम्म्ेदवार प्रमिलादेवी विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

मेलम्ची : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केदारनाथ आचार्य विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका अशोक तामाङलाई पराजित गर्नुभएको हो । आचार्य ७१२ मत ल्याएर विजयी हुनुभएको हो । तामाङले भने ४३९ मत प्राप्त गर्नुभएको छ । सो वडामा यसअघि काँग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

जलेश्वर : महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार राजपाका उम्मेदवार रामबाबु नायक विजयी हुनुभएको हो । राजपाका रामबाबु नायक ३७५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।

यस्तै बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेस पार्टीका विपिन पञ्जियार सुडी ४६१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।

अर्घाखाँची : मालारानी गाउँपालिका–३ मा नेपाली काँग्रेसका उम्मेदवार शोभाखर खनाल एक हजार १५९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यमलाल खनालले एक हजार ५३ मत प्राप्त गर्नुभएको थियो ।

रौतहट : गडीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । श्रेष्ठ १७५ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जवार मियाले ५९६ मत प्राप्त गर्नुभएको थियो ।

बनेपा : वडाध्यक्ष पदका लागि धुलिखेल नगरपालिका–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवप्रसाद कोइराला ८६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गर्नुभएको थियो ।

गुल्मी : रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई पराजित गर्नुभएको हो । सिञ्जालीले ८०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी नदर्लामीले ७२७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पूर्णबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

कावासोती : नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।

नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले कुल ३६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो । नेकपाका उम्मेदवार मगरले आफ्ना प्रतिद्वन्द्वी रानालाई १३६ मत अन्तरले पराजित गर्नुभएको हो ।

लहान : सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नेपाली काँग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।

भोजपुर : पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जीतेन्द्र राई नेपाली काँग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी बन्नुभएको हो । राईले ६९१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कार्कीले २५४ मत प्राप्त गर्नुभएको छ ।

बैतडी : यहाँका तीन वडामध्ये दुई वडामा नेपाली काँगेस र एक वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयी हात पारेको छ । गए राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका–४ मा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चांैडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ ।

अन्तिम मत परिणाममा दोगडाकेदार–४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टलाई १०० मतले पराजित गर्नुभएको हो । एक हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्रप्त गर्नुभएको थियो ।

यस्तै पुर्चौंडी–४ मा नेकपाका धानुक १०५ मत बढी मत ल्याएर विजयी हुनुभएको छ । एक हजार ३३० मतमा विजयी धानुकले ६६३ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गर्नुभएको थियो ।

सुर्नया–१ मा काँग्रेसका उम्मेदवार चन्द ४३८ मतमा २१९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभएको थियो ।

सङ्खुवासभा : खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरत घिमिरे विजयी हुनुभएको छ । उहाँले ७९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी मकालु गाउँपालिको अध्यक्षका लागि भएको उपनिर्वाचनमा मकालु गाउँपालिकाका १० वटै स्थानमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका नुम बजारमा आइपुगेको र अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेकाले केही बेरपछि मतगणना शुरु हुने निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो ।



सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -