स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

भक्तपुरमा काँग्रेसको उम्मेदवारअग्रता

Nepali Congress, NC - नेपाली काँग्रेस
सेयर गर्नुहोस

 १५ मङ्सिर  : क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ ।

चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले नौ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले छ हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गएराति ११ः०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १०ः०० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -