स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

उनान्सय वर्षीय वृद्धद्वारा मतदान

सेयर गर्नुहोस

 १४ मङ्सिर : बैतडीमा पुर्चौडी नगरपालिका– ४ मा शनिबार भएको उपनिर्वाचनमा ९९ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

पुर्चौडी नगरपालिका– ४ स्थित महादेव मावि सिबावो मतदानस्थलबाट ९९ वर्षीय बिरुवा धानुकले मतदान गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

धानुकले शनिबार साढे १ बजे मतदान गर्नुभएको हो । मतदानमा सहभागी वृद्धले आफूले देश विकासको लागि लागि पर्ने उम्मेदवारलाई मतदान गरेको बताउनुभयो ।

यस्तै सुर्नया गाउँपालिका– १ मा रहेको साविकको गाविस भवन गुर्केली मतदानस्थलबाट ९६ वर्षीय महावीर चन्दले पनि मतदान गर्नुभएको छ । उहाँले बिहान ११ बजेर ३७ मिनेटमा मतदान गर्नुभएको हो । दोगडाकेदार गाउँपालिका– ४ को श्रीकेदार मावि पिपलकोटबाट ९१ वर्षीया पार्वती भट्टले पनि मतदान गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -