स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

upanirbachan, election, Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

 १४ मङसिर : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।

अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको हँुदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले आज साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागितामा उत्साह र अत्यन्त शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानारी दिनुभयो ।

यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विस्फोटका छिटपुट घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने आम मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

कतिपय मतदान केन्द्रमा बिहान सबेरैदेखि निकै अनुशासित र उत्साहका साथ मतदाता पङ्त्तिबद्ध भएर बस्नुभएको थियो भने चिसोका कारण केही मतदान केन्द्रमा भने दिउँसो मतदाताको घुइँचो लागेको थियो । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या उलेख्य रहेको देखिन्थ्यो ।

मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो ।

उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिनु हुनेछ । यसैबीच, यसअघि भक्तपुर प्रदेशसभा सदस्य उपनिर्वाचनको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न मतदानस्थलमा पुगेर अवलोकन गर्नुभएको थियो ।

त्यस्तै, आयुक्त नरेन्द्र दाहाल र सचिव देवकुमारी गुरागाईंले काठमाडौँको दक्षिणकाली नगरपालिका–३ को वडाध्यक्ष पदको उपनिर्वाचनको अवलोकन गर्नुभयो । उपनिर्वाचनको अवलोकनका लागि काठमाडौँस्थित अमेरिका, जापन, युरोपियन युनियन र अष्ट्रेलियाका राजदूत एवं प्रतिनिधि विभिन्न मतदान केन्द्रमा पुग्नुभएको थियो ।

“मतदान सकिएलगत्तै मतपेटीका सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याएर केही स्थानमा मतगणनाको लागि आवश्यक प्रक्रियासमेत शुरु भएको छ । खासगरी वडाध्यक्ष पदको मतगणनाको नतिजा आजै राति अबेरसम्म आइसक्ने आयोगले आकलन गरेको छ”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो । खर्पनाथ गाउँपालिका बाहेक सबै मतपेटिका आजै राति ११ बजेसम्म मतगणनास्थलमा पु¥याइसक्ने व्यवस्था मिलाइएको छ । आगमी १२ घण्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।–

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -