स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

ढाड तथा घुँडाको निःशुल्क शिविर

सेयर गर्नुहोस

ओम बहालमा असिमेद फाउन्डेशन र नःबहि समाजले संयुक्तरुपमा आयोजना गरेको ढाड तथा घुँडासम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा २०० जनाको निःशुल्क उपचार तथा परामर्श सेवा दिइएको फाउन्डेशनका प्रमुख डा कुश श्रेष्ठले जानकारी दिनुभयो । अष्ट्रेलियाको विभिन्न अस्पतालमा काम गर्ने वरिष्ठ चिकित्सक, फिजियोथेरापिस्ट र नर्सको टोलीले स्वास्थ्य शिविरमा निःशुल्क परामर्श सेवा दिएका थिए ।

सो शिविरमा काठमाडाँै ओम बहाल २१ कि मैयालक्ष्मी बज्राचार्यले घुँडाको समस्या देखाउन आएको बताउनुभयो । शिविरपछि डाक्टरले सिकाएको योगा र अभ्यास नियमित गर्ने उहाँले बताउनुभयो । “मेरो घुँडाको समस्या थियो, यहाँ आएर विदेशी डाक्टरले योगा सिकाउनुभयो, हिम्मत बढेको छ”, बज्राचार्यले भन्नुभयो । यस्तै, काठमाडौँ ओम बहालकै सुनी महर्जन कम्मरमा नसा च्यापिएको समस्या लिएर आउनुभएको थियो ।

“डाक्टरले नसा च्यापिएको बताउनुभयो र योगभ्यास पनि सिकाउनुभयो, यहाँ आएर मलाई फाइदा भएको छ”, उहाँले भन्नुभयो । फाउन्डेशनका प्रमुख डा श्रेष्ठले ढाड र घुँडामा समस्या भएका जनतालाई निःशुल्क परामर्श गर्न शिविर राखिएको बताउनुभयो । फाउन्डेशनको उद्देश्य विश्वको कुनै पनि ठाउँमा स्वास्थ्य सेवा दिने रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा हामिले पहिलोपटक ढाड घुँडासम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेका छाँै, यहाँका जनता यसबाट लाभान्वित भएको हामीले विश्वास लिएका छौँ ।” उहाँले पछि पनि अन्य ठाउँमा यस्तै शिविर गर्ने जानकारी दिनुभयो । यस्तै शिविरमा ओम बहालको नःबहि समाजलाई फाउन्डेशनले स्वास्थ्य कीट र वैशाखी लगायतका सामग्री वितरण गरेको छ । बिरामीलाई आवश्यकताअनुसार वितरण गर्ने गरी सो सामान वितरण गरेको डा श्रेष्ठले बताउनुभयो । यो शिविर काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालन भएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -