स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

को हुन बाहिरी मान्छे बोलाएर विद्यार्थी कुटपिट गर्ने संचालक

सेयर गर्नुहोस

जनकपुरको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थीहरुद्वारा आफ्नै विद्यालयमा तालाबन्दी गरेर विरोध प्रदर्शन गरिएको छ ।


जनकपुरको  न्यू इंग्लिश बोर्डिंग स्कूलमा अध्ययन-अध्यापनमा समस्या भएको भन्दै विद्यार्थीहरुले विद्यालय सञ्चालक विरुद्ध बोल्न थालेका थिए । साेही निहुँमा विद्यालय संचालक (अध्यक्ष ) सदन भगतको निर्देशनमा बाहिरबाट मान्छे बोलाएर सोही विद्यालय कक्षा ११ र १२मा  अध्ययनरत विद्यार्थीहरुलाई आज विहानै कुटपिट गरेको त्यही विद्यालयका पीड़ित विद्यार्थीले आरोप लगाएका छन् ।


विद्यालयमा कक्षा ११ मा अध्ययनरत सिद्धार्थ शर्मा, कक्षा १२ मा अध्ययनरत सोभित गोयनका र रितेश मण्डललाई कुटपिट गरेको भन्दै विद्यालयको मुख्यद्वारमा विद्यार्थीले ताल्चा लगाएका छन् । लगभग पाँच सय  विद्यार्थीहरु प्रदर्शनमा उतरेका छन् ।
कुटपिट गर्ने विद्यालयका अध्यक्ष सदनका पुत्र अतीत भगत, इंद्रेश र पारस भन्नेलाई स्थानीय प्रशासनले पुछताछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

विद्यार्थीहरुलाई कुटपिट - The Times Of Nepal

कार्कीका अनुसार फाउन्डर बीचको विवादले गर्दा विद्यार्थीहरुको अध्ययन प्रभावित भएको भन्दै विद्यार्थीहरु विद्यालयमा ताल्चा लगाउन जाँदा विवाद भएको हाे । पढ़ाईको विषयलाई लिएर यसअघि पनि सोही विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेललाई लिखित निवेदन दर्ता गराएका छन् ।


विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरुले फाउन्डरको आपसी विवादको बहानामा आफूहरुको पढ़ाई प्रभावित हुनु हुँदैन भनेर तर्क गर्दै आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -