स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन

पाल्पाका प्रमुख दयाराज बस्याल - The Times Of Nepal
सेयर गर्नुहोस

पाल्पा , ५ मङ्सिर : जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको आज निधन भएको छ । उहाँको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराइरहनुभएका बस्यालको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

विसं २००९ मा बगनासकाली गाउँपालिका–६ यम्घा थामडाँडामा जन्मनुभएका बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेश कमिटी सदस्यसमेत रहनुभएका बामपन्थी नेता बस्याल नेकपा जिल्ला कमिटीका प्रमुख र किसान सङ्घका केन्द्रीय सदस्यसमेत बन्नुभएको थियो । बस्यालको शुक्रबार पाल्पामा दाहसंस्कार गरिने छ । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -