स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

२०५२ सालदेखि तरकारी खेतीले धानेको गाउँ

तरकारी खेती, Vegetable farming, tometo - The Times Of Nepal
सेयर गर्नुहोस

“२०५२ सालदेखि तरकारी खेतीमा छु, हाम्रो त कमाउने, खाने बाटो यही हो”, ६१ वर्षीय लीलाम्बर गौतमले भन्नुभयो, “वर्षमा तीन-चार लाख कमाइ छ, आनन्छ छ ।” गौमत झैँ गलकोट नगरपालिका–९ बरेखानीका मेहनती किसानले गाउँको चिनारी नै बदलेका छन् ।

बरेखानी अहिले तरकारीमा आत्मनिर्भर गाउँका रुपमा चिनिन्छ । सङ्ख्याका हिसाबले गाउँमा जम्मा दश घर छन् । झण्डै ५० रोपनीमा व्यावसायिक तरकारीखेती छ । अगुवा किसान गौतमले आठ रोपनीमा तरकारीखेती गर्दै आउनुभएको छ । उत्पादित तरकारी खपत हुने मुख्य बजार हटिया हो । तरकारीसँगै अन्नबाली, गाईभैँसी, बाख्रा र मौरीपालनमासमेत किसान व्यस्त छन् । उब्जाउ माटो, सिँचाइको सुविधा, बजारको सुनिश्चितता जस्ता कारणले किसान तरकारी खेतीमा आकर्षित छन् ।

“यहाँको हावापानी नै राम्रो छ, उब्जनी बढी हुन्छ”, २४ वर्षीय मित्रलाल गौतमले भन्नुभयो, “म पनि सबै कुरा छाडेर व्यावसायिक कृषिमा लागेको छु ।” तरकारी खेतीबाटै आफ्नो परिवारको जीविका चलेको उहाँको भनाइ छ । तरकारीमा गोलभेँडा, काउली, बन्दा, मुला, गाजरलगायत उत्पादन हुन्छ । बेसार र अदुवाबाट पनि किसानले आम्दानी गर्छन् । किसानको अर्को कमाइको स्रोत मौरीपालन पनि हो । एक किलो मह रु. १५ सयमा बिक्री हुन्छ ।

तरकारी खेती - The Times Of Nepal

व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाइबाट सन्तुष्ट छन् । कृषि गर्नेमा अधिकांश पाका उमेरका र केही युवा किसान छन् । “छोराछोरी कोही विदेश, कोही बाहिर बसेर पढ्दैछन्, हामी कृषिमै रमाएका छौँ” लिलाम्बरले भन्नुभयो । घरमा उहाँ र उहाँकी श्रीमती बुद्धिसरा मात्र हुनुहुन्छ । बढ्दो उमेरमा पनि गौतम दम्पतीको कृषि गर्ने जाँगर घटेको छैन । बेलाबखत पाइने तालीम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारी खेतीमा प्रोत्साहन मिल्ने गरेको छ । उन्नत ‘टनेल’ प्रविधिका लागि कृषि ज्ञान केन्द्रबाट रु. एक लाख ८० हजार अनुदान पाएको लिलाम्बरले बताउनुभयो । उहाँले अहिले दुई वटा ‘टनेल’ मा तरकारी खेती विस्तार गर्नुभएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गबाट गाउँ जोड्ने गरी सडक निर्माण शुरु भएपनि किसान खुसी छन् । गाउँमै सडक पुग्न एक किमिको दुरी बाँकी छ । नजिकमा सडक पुगेपछि कृषि उपजलाई बजार पु¥याउन सहज भएको छ । गाउँमै सडक जोडिए दूध पनि नियमित बजार लैजान सकिने किसान बताउँछन् । बसाइँसराइले बस्ती रित्तिदैँ गएका बेला बरेखानीका किसानले भने आफ्नै श्रम र सीपबाट गाउँ सिँगारेको स्थानीय समाजसेवी ललिता थापाले बताउनुभयो । “सिङ्गै गाउँका किसान व्यावसायिक तरकारी खेतीमा छन्”, उहाँले भन्नुभयो, “किसानलाई थप तालीम, अनुदानको खाँचो छ ।

तरकारी खेती, Vegetable farming, - The Times Of Nepa

” थापाकै पहलमा चार महिनाअघि उक्त गाउँमा केन्द्रीय बिजुली विस्तार भएको थियो । अन्य वस्तीभन्दा अलग्गै रहेकाले बरेखानीमा विकास निर्माणका योजना ढिलो पुग्ने गरेका छन् । नगरपालिकाले चालु आवमा सडक पु¥याउनका लागि रु.चार लाख ५० हजार बजेट छुट्टाएको छ । वस्तीमा जोड्न खनिएको नयाँ सडक वर्षायामको पहिरोले पुरानै अवस्थामा फर्काएको छ । गाउँदेखि तल नाइरी खोलासम्म भने सडकको सहज पहुँच छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -