स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

ढकाललाई पाँच दिन हिरासतमा राखिने

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

नेपाली सेना मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले आज पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।

मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा प्रक्रिया टुङ्गो नलागेसम्म निलम्बन गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनका लागि समय थप गरिएको हो । ढकालविरुद्ध मृतक कँडेलका परिवारले हत्याको अभियोगमा आइतबार उजूरी दर्ता गराएको थियो । ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हामफालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

ईच्छकामना–५ निवासी २८ वर्षीय फिस्लिङमा रहेको अस्थायी प्रहरीचौकीमा राखिएका समयमा आइतबार बिहान बरण्डाबाट हामफालेर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कँडेल नेपालीको बर्दबहादुर गणमा कार्यरत जवान हुन । उनको हत्या भएको भन्दै परिवार स्थानीयवासीले हिजो र आज पृथ्वी राजमार्ग बन्द गराएका थिए । घटना शङ्कास्पद भएपछि उनको शव परीक्षणका लागि काठमाडौंँ लगिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -