स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिसमक्ष आर्थिकवर्ष का दुई प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष, दुई प्रतिवेदन - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, २ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।    

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।     
यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।    
–––  

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -