स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

विश्व प्रसिद्ध बाराको गढीमाई मेला शुरु

गढीमाई मेला - The Times Of Nepal
सेयर गर्नुहोस

मंसिर १ । प्रत्येक पाँच वर्षमा एक पटक बाराको महागढीमाई–१ स्थित बरियारपुरमा लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ । मंसिर १ गतेदेखि शुरु भएको महागढीमाई मेला एक महिनासम्म लाग्ने छ ।

लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडी मात्रै समिति गठन भएको थियो । मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ ।

मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्ने मेला समितिले जनाएको छ । मेला समितिले मंसिर १७ र १८ गते पशुबलीको तयारी गरेको छ । पशुबलीको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ । मेला व्यवस्थापन मुल समितिका महासचिव मोतिलाल कुशवाहाले पशुबलीको समयमा भक्तजनको धेरै भीड लाग्ने हँदा त्यसै अनुसारको तयारी भइ रहेको जानकारी गराए । विश्व कै बढी बली चढने शक्तिपिठहरु मध्येको एक हो, गढीमाई ।

गढीमाई मेला - The Times Of Nepal

यस मेलामा भारतबाट मात्रै ६५ प्रतिशत आउने गरेको समितिले जनाएको छ । मंसिर १७ गतेदेखी मन्दिर परिसरमा भाकल गरेका परेवाहरु उडाउने गरिन्छ भने सोही राति विधिवत पुजा आरधाना गरेपछि १२ बजेको शुभ साइतमा ब्रहम स्थानमा पञ्चवली बोका, मुसा, कुखुरा, सुंगुर, हाँस र बनारसका डोम राजाले पठाएको राँगाको बलिपछि सम्पूर्ण राँगाको बली खुल्छ । यसैगरी १८ गते सुविधा अनुसार बली दिइन्छ ।

गढीमाई मेला - The Times Of Nepal

मेलालाई व्यवस्थित पार्न मंसिर पहिलो सातादेखि ट्राफिक प्रहरीसहित एक हजार सुरक्षाकर्मी परिचालन गर्ने बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जितसिंह राठौरले जानकारी दिए । साथै मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको र ड्रोन केमराबाट समेत निगरानी गर्ने तयारी गरिरहेको प्रहरी नायव उपरीक्षक राठौरले जनाएका छन  ।  

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -