स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

एयरलाइन्सद्वारा प्लाष्टिक कप विस्थापन

अन्तर्राष्ट्रिय विमानस्थल
सेयर गर्नुहोस

काठमाडौँ, १ मङ्सिर : निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्ना सबै जहाजमा प्लाष्टिकका कप प्रयोग नगर्ने भएको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा अन्य पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप विस्थापन गर्ने घोषणा गरेको हो ।

अबदेखि प्लास्टिकको सट्टा पेपर (कागज) कप प्रयोगमा ल्याइने कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । वातावरण संरक्षण र कार्वन उत्सर्जनमा कमी आउने कम्पनीको भनाइ छ ।

पेपर कपको उद्घाट गर्दै संयुक्त राष्ट्र संघ विकास नियोग (युनएनडिपी)का आवासीय प्रतिनिधि आइसियानी लेबेले वातावरण संरक्षणका लागि यती एअरलाइन्सले सकारात्मक प्रयास गरेको बताउनुभयो । यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो वायु सेवा कम्पनी हो ।

पेपर कपसँगै यती एअरलाइन्सले थप दुई विद्युतीय कार प्रयोगमा ल्याएको छ । यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न युएनडिपिसँग सहकार्य गर्दै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -