स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

कलाकारको प्रण : अतिक्रमित भूमि फिर्ता गराउँछौं

सेयर गर्नुहोस

सीमा अतिक्रमणबारे प्रगतिशिल लेखक सङ्घले आयोजना गरेको विरोध कार्यक्रममा आज रत्नपार्कको शान्ति बाटिकामा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले यही गीतमार्फत भारतले नेपालको भूमि लैजान नसक्ने उद्घोष गरे । नेपालको लिपुलेक, लिम्पियाधुरा रकलापानी क्षेत्रलाई हालै मात्र जारी गरेको नयाँ नक्सामा समावेश गरेपपछि भारतको चौतर्फी विरोध हुँदै आएको छ ।   

 
कलाकारहरुले जुनसुकै मूल्य चुकाएर भए पनि जमीन फिर्ता गराएरै छाड्ने प्रण गरे । जनसांस्कृतिक महासङ्घका कलाकारहरुले पनि प्रस्तुती राखे । प्रगतिशिल लेखक सङ्घका साहित्यकारहरुले भारतप्रति तिखो व्यङ्ग्य प्रहार गर्दै कविता वाचन गरे । राष्ट्रियता र स्वाधिनताका पक्षधरहरुका साहित्य र गीतले रत्नपार्क क्षेत्र गुञ्जयमान बन्यो । बटुवा र स्थानीयले मनोरञ्जनबाट गरिएको विरोधलाई चाख दिएर नियाले । झण्डै ४० जना कविले कविता वाचन गरे । कलार साहित्यको मिश्रण भरेर गरिएको विरोधको कार्यक्रमले दर्शकको ध्यान खिच्यो ।    

छोड, छोड साम्राज्यवाद हाम्रो भूमि छोड    
कलापानी छोड, लिम्पियाधुरा छोड    

तिम्रो जालझेलले हाम्रो सीमारेखा रेखा मेटिन्न    
तिम्रो गोला बारुतले हाम्रो जमीन छोपिन्न    
वीरहरुको रगतले सिञ्चिएको हाम्रो देश    
सार्वभौम, अटल रहि अडिएको हाम्रो देश    
छोड, छोड साम्राज्यवाद हाम्रो भूमि छोड..
.  


प्रगतिशिल लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा जीवेन्द्रदेव गिरीले साहित्य र कलाको माध्यमबाट गरिएको विरोधले जागरण पैदा गर्ने बताए । उनले कलार साहित्यका माध्यमबाट परिवर्तन गर्न सम्भव रहेको भन्दै राष्ट्रियता र स्वाधिनताको लडाइमा कला र साहित्यले अझै महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे । “भारतको हेपाह प्रवृतिलाई निरुत्साहित गरेर मुलुकलाई आत्मनिर्भरताको बाटोमा अघि बढाउनुपर्छ ।”, उनले भने, “अतिक्रमणमा परेको नेपाली भूमिलाई फिर्ता गराउन सबै एक जुट हुनुपर्ने बेला आएको छ ।”    

उनले राष्ट्रियतालाई बलियो बनाउन सबै दल र सबै पक्ष मिल्नुको विकल्प नभएको भन्दै राष्ट्रिय एकताका साथ भारतसँग वार्ता र सम्वाद गर्नुपर्ने औँल्याए । अतिक्रमित जग्गा फिर्ता नगरे भारतको विरुद्धमा सबै लेखक र कलाकारहरु मिलेर आन्दोलनमा जाने उनले चेतावनी दिए ।    

सीमाविद् हिरण्यलाल श्रेष्ठले सीमा सुरुक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने भन्दै राष्ट्रिय अखण्डता कायम गर्नका

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -