स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

विद्युत् कटौतीको समस्या हट्यो : तीन करोडको लागतमा डिप ट्युबवेल

road light, The Times Of Nepal
सेयर गर्नुहोस

बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो ।

विद्युत्को मागभन्दा सवस्टेशनको भारवाहन क्षमता कम भएका कारण अनियमित विद्युत् कटौतीको समस्या भोग्दै आएका बागलुङवासीलाई सवस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै समस्या हटेर गएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बागलुङमा विद्युत्को मागअनुसार सवस्टेशनले आपूर्ति गर्न नसक्दा अनियमितरूपमा विद्युत् कटौती हुने समस्या भएको भन्दै बागलुङ जिल्लालाई विद्युत् आपूर्ति गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको ३३÷११ केभी क्षमता रहेको सवस्टेशनको क्षमता वृद्धि गरिएको वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले जानकारी दिनुभयो । “हामीले यही शुक्रबारबाट लागू गर्ने गरी सवस्टेशनको क्षमता थप गरेका छौँ”, गोशलीले भन्नुभयो, “क्षमता थप गरेसँगै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ ।”

छ एमभीए क्षमताको सवस्टेशनलाई क्षमता विकास गरी ११ एमभीए क्षमताको बनाइएको वितरण केन्द्रले जनाएको छ । सवस्टेशनको क्षमता विस्तार गरेसँगै बागलुङ जिल्लाको विद्युत् मागलाई पर्याप्तरूपमा धान्ने केन्द्र प्रमुख गोशलीले बताउनुभयो । विद्युत् मागलाई ध्यानमा राखेर गलकोटको हरिचौरमा ३३÷११ केभी तीन एमभीए क्षमताको सवस्टेशनसमेत सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । यससँगै बागलुङ जिल्लामा १४ एमभीए सवस्टेशनको क्षमता पुगेको छ । बागलुङमा चार एमभीए बराबरको विद्युत् माग रहेको छ । पर्याप्त विद्युत् आपूर्ति हुँदासमेत पर्याप्त सवस्टेशनको क्षमता नहुँदा बढी विद्युत् खपत हुने समय साँझ र बिहान विद्युत् अनियमितरूपमा कटौती हुँदै आएका कारण प्राधिरकणले सवस्टेशनको क्षमता वृद्धि गरेको हो ।

तीन करोडको लागतमा डिप ट्युबवेल

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पु¥याएको छ । प्रदेश नं २ सरकारको निःसर्त अनुदान कार्यक्रमअन्तर्गत बारा र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा उक्त डिप ट्युबवेल निर्माण गरिएको कार्यालयको प्राविधिक शाखाले जनाएको छ ।

कार्यालयका अनुसार बाराका ११ र पर्साका छ स्थानमा डिप ट्युबवेल जडान गरिएको हो । उपभोक्ता समितिमार्फत गरिएको उक्त कार्यबाट ४२५ बिगाहा जमीन सिञ्चित भइरहेको बताइएको छ । ती डिप ट्युबवेल पर्साको वीरगञ्ज उपमहानगरपालिका–२, पोखरिया, बगही, निचुटा र धोवनीमा तथा बाराको फेटागाउँ, विश्रामपुर, पचरौता, गञ्जभवानीपुर, स्वर्ण गाउँपालिका, तेलकुवाँ र प्रष्टोकामा निर्माण गरिएको हो । एउटा डिप ट्युबवेलमा करिब रु २० लाख खर्च लाग्ने गरेको कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -