स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

मुख्य नापी कार्यालय रातारत सारियोको घटना बाहिर आयो

नापी कार्यालयको - The Times Of Nepal
सेयर गर्नुहोस

जनकपुरधाम,धनुषा : महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको मुख्य नापी कार्यालय रातारत बर्दिबास सारिएको छ ।

जलेश्वर नगरपालिका–१ मा रहेको नापी कार्यालयको कागजपत्र शुक्रवार मध्य रातमा बर्दिवासकोे नापी कार्यालयमा ल्याइएको हो ।

केहि दिन अघि बसेको उद्योग बाण्ज्यि संघ बर्दिवास, बर्दिवास नगरपालिका, जलेश्वर उद्योग बाण्ज्यि संघ, जलेश्वर नगरपालिका,जिल्ला प्रसासन कार्यालय महोत्तरी लगायतका बिभिन्न संघ संस्थाको संयुक्त बैठकले बर्दिवासको नापी कार्यालयको सम्पुर्ण कागजपत्र बर्दिवासकै कार्यालयमा ल्याउने निर्णय गरेपछी सोही संघ संस्थाहरुको पहलमा शुक्रवार मध्य रातमा नापी कार्यालयको कागज पत्र बर्दिवास ल्याइएको बर्दिवास उद्योग बाण्ज्यि संघका अध्यक्ष प्रलाद कुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार जलेश्वरमा रहेको नापी कार्यालय बाटबर्दिवासको कार्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कागजपत्र बर्दिवासको कार्यालयमा ल्याइएकाले आइतवारदेखि कार्यालयको सम्पूर्ण कामकाज बर्दिवाबाटै हुनेछ ।

सदरमुकामको नापी कार्यालयको शाखा बर्दिवासमा आएको बर्षौ भइसक्दा पनि सदरमुकाम जलेश्वरका स्थानीयवासीले कागजपत्र ल्याउन नदिएपछी कार्यालयको कामकाज महोत्तरी सदरमुकाम जलेश्रमै गएर गराउनु पर्ने बाध्यता रहेको थियो ।
सेवाग्राहीलाई छिटो छरितो र सर्व सुलभ किसिमले सेवा प्रदान गर्ने उद्देश्यसहित बर्दिबास सारिएको जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -