स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सीमा अतिक्रमणलाई रोक्न कूटनीतिक तवरबाट समाधान खोजिनुपर्छ : सभापति देउवा

सेयर गर्नुहोस

२८ कात्तिक  : नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिनुभएको छ ।

आज धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताउनुभयो ।

सभापति देउवाले मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अनुरोध गर्नुभयो ।

काङ्गेसको भ्रातृ संस्था तथा शुभेच्छुक सङ्घसंस्थाहरुको निर्वाचनका बारेमा सञ्चारकर्मीले सोधेको प्र्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री देउवाले सङ्घसंस्थाहरुको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुन गइरहेको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -