स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

मोटरसाइकल चालकको मृत्यु

सेयर गर्नुहोस

२८ कात्तिक : बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा६६प २९६५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना आज बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा भएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -