स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

मा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस

नेपाली काङ्ग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सीमा अतिक्रमणलगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ ।

काङ्ग्रेसले आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै मुख्यमन्त्री भट्टले सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले सीमा अतिक्रमणका घटना दृढताका साथ रोक्न नेपालको सङ्घीय सरकारदेखि प्रदेश र स्थानीय सरकार तथा सम्पूर्ण जनता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री भट्टले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ता र स्थानीय जनताको सुरक्षाका लागि भारतसँग कूटनीतिक छलफल गरी समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

काङ्ग्रेसले दार्चुलाको कालापानी, लिपुलेक र कालापानीमा भएको अतिक्रमण रोक्न पहल गर्नलगायत प्रदेश संसद् बैठक अह्वान गर्न र चालू वर्षका योजना कार्यान्वयनमा तदारुकता दिन मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाइएको काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताउनुभयो । –

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -