स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

पिपरा गाउँपालिकाको अध्यक्षका लागि २० जनाको उम्मेदवारी दर्ता

sub election of Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

जनकपुर, कात्तिक २७ । आगामी मंसिर १४ गते हुन लागेको स्थानिय तहको निर्वाचनको लागि महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा रित रहेको अध्यक्ष पदको लागि वुधवार २० जनाले उमेदवारी दर्ता गराएको छ ।

विहान १० बजेदेखि १ बजे सम्म तय गरिएको समयमा ९ जना स्वतन्त्र गरी २० जनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराएको मुख्यनिर्वाचन अधिकृत विष्णु शुवेदीले जानकारी दिएका छन् ।पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको असामयिक निधन भएपछि अहिले यहाँ उपनिर्वाचन हुँदैछ । उप–निर्वाचनको लागि सबै पार्टीहरु बाजा–गाजाका साथ उम्मेदवारको मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए ।

 उपनिर्वाचनको लागि अध्यक्ष पदको लागि मनोनयन गराउनेहरुमा नेपाल कम्युनिष्ट पार्टीबाट बिक्रम चौधरीले उम्मेदवारी दिएका छन् । उनले गत निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचनमा चुनाव लडेका थिए र दोस्रो स्थान प्राप्त गरेका थिए । उनले यस अघि भएको निर्वाचनमा १८७३ मत ल्याएका थिए । त्यस्तै यस अघि भएको स्थानिय निर्वाचनमा निर्वाचित पार्टी राजपा नेपालको तर्फबाट पूर्व गाउँपालिकाका अध्यक्ष विनोद चौधरीका श्रीमती रविता कुमारीले यस पटक उम्मेदवारी दिएकी छिन् ।  विनोद चौधरी २७७५ मत ल्याइ निर्वाचित भएका थिए ।

 त्यस्तै नेपाली काँग्रेसको तर्फबाट बिजय कुमार यादवले उम्मेदवारी दिएका छन् । समाजवादी पार्टीबाट रामजानकी यादवले उम्मेदवारी दिएका छन् । उनले यस अघि भएको निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट लडेका थिए भने उनले १५७८ मत ल्याइ तेस्रो स्थानमा रहेका थिए ।

 त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट इशराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव, नेपाल जनता पार्टीबाट रमाकान्त झा, नेपाल जनमत पार्टीबाट अन्जनी देवी मण्डल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी शुकराम यादव, राप्रपा नेपालको तर्फबाट श्यामशुन्दर चौधरीले मनोनयन दर्ता गराएका छन् ।त्यस्तै स्वतन्त्रमा गणेश कुमार यादव, किशोरी यादव, प्रदिप कुमार यादव, प्रविण चौधरी, रामवृक्ष यादव, पुनित अधिकारी, शैल देवी मण्डल, संजय कुमार यादव र रंजित कुमार झाको उम्मेदवारी परेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -