स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोस

सेयर गर्नुहोस

 २७ कात्तिक : सप्तरीको छुट्टाछुटै स्थानमा मङ्गलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हँुदा करीब रु दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीयवासी विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हँुदा उक्त घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

सो आगलागीमा घरभित्र रहेका लताकपडा, अन्नपात, भाडावर्तन, नगद जिन्सीसहित एक थान मोबाइल गरी करीब रु दुई लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ । भान्साघरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट फुसको घर आंशिकरूपमा जलेर नष्ट भएको र सो घरभित्र रहेको लत्ताकपडा, अन्नपात गरी करीब रु ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवका १५ वर्षीया छोरी सङ्गीताकुमारी यादव बेहोस भएकी छन् । बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -