स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिका - USA - The Times of nepal
सेयर गर्नुहोस

वासिङ्टन, २६ कात्तिक : अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ ।

पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् ।

उहाँ यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना हुनुभएको थियो । त्यतिबेला उहाँलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो । अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -