स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

देशको राष्ट्रवादी शक्ति राप्रपा : अध्यक्ष थापा

सेयर गर्नुहोस

 २६ कात्तिक  : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्ति राप्रपा भएको दावी गर्नुभएको छ ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रचारप्रसारका सन्दर्भमा पार्टीद्वारा पोखराको बिरौटामा आज आयोजित चुनावी सभामा उहाँले देशमा राष्ट्रवादी शक्ति आवश्यक भएको बताउनुभयो ।

नेकपा र काङ्ग्रेसको विकल्प पार्टी राप्रपा भएको बताउँदै उहाँले विदेशी दबाबमा हिन्दू धर्म परिवर्तन गराउने सोच कदापि पूरा हुन नसक्ने उल्लेख गर्नुभयो । नेपालको पहिचान सङ्कटमा परेको बताउँदै अध्यक्ष थापाले राप्रपा सत्ता नभई जनता केन्द्रित पार्टी भएको र देशको विकासका लागि लड्न कहिल्यै पछि नहट्ने स्पष्ट पार्नुभयो ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको एजेन्डा भएको बताउँदै उहाँले राष्ट्रिय स्वतन्त्रता, एकता र अखण्डताको संरक्षण, सुशासन, पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सनातन हिन्दू राष्ट्र कायमका लागि राप्रपा सधैँ लडिरहने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री तोरणबहादुर गुरुङ, सहायक महामन्त्री मदनबहादुर कार्की लगायतले बोल्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -