स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

संचार बिधेयक फिर्ता लिन प्रदेश नम्बर २ का नेपाल पत्रकार महासंंघको माँग

सेयर गर्नुहोस

जनकपुर,धनुषा : प्रदेश नम्बर २ को सरकारले प्रदेशसभामा टेवुल गरेको संचार बिधेयक फिर्ता लिन नेपाल पत्रकार महासंंघले माँग गरेको छ।नेपाल पत्रकार महासंघ प्रादेशिक समितिलेगरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेशसभामा टेबुल गरेको प्रदेश संचार विधेयक तत्काल फिर्ता लिन माँग गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रीज्ञानेन्द्र कुमार यादवले पटक पटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेशसभामापत्रकार विरोधी संचार विधेयक प्रदेशसभामा टेबुल गरेको भन्दै तत्काल फिर्ता लिन महासचिवकिरणकुमार कर्णले विज्ञप्ति जारी गरेको छ ।सो विधेयक संशोधन गर्ने सरकारीप्रतिवद्धता आएपनि त्यसको बिश्वासयोग्य वतावरण सरकारले बनाउन सकेको भन्दै महासचिवकर्णले तत्काल सो विधेयक फिर्ता लिई छलफल र विचारविमर्शको आधारमा नयाँ संचारऐन विधेयक बनाउन माँग गरेको छ ।

प्रस्तावित मस्यौदामा गरिएका तमामप्रवन्धमा नेपाल पत्रकार महासंघ सहमत हुने ठाउ देखिएकाले सो विधेयक फिर्ता लिनुपर्ने उनलेस्पष्ट पारे । उनले नेपाल पत्रकार महासंघ प्रादेशिकसमितिले दिएको सुझाव समेत त्यसमा समाविष्ट नगरिएको र नेपाल पत्रकार महासंघसंगगरिएको छलफलमा संशोधनका विश्वासयोग्य आधार प्रदेश सरकारले पेश गर्न नसकेकोलेअहिले प्रदेश सभामा टेवुल गरिएको संचार बिधेयक फिर्ता लिनुपर्ने उल्लेख गरे ।

त्यस्तै  नेपाल पत्रकार महासंघ बारा शाखामा देखिएको समस्यासमाधानका लागि महासचिव किरणकुमार कर्णको संयोजकत्व र सदस्यमा सचिव आरएन विश्वास रअजयकुमार साह रहेको एउटा छानविन समिति गठन गरिएको छ ।त्यस्तै प्रदेश नम्बर २ मा पत्रकारहरुमाथिविभिन्न किसिमको चुनौती र आरोपहरु लागिरहेको बेला पत्रकार महासंघले पत्रकारीतालाईमर्यादित र अनुशासित बनाउनका लागि प्रभावकारी ढंगले सदस्यता शुद्धिकरण अभियान संचालनगर्ने भएको छ । यसको लागि ८ वटै जिल्लाका लागि अभियान चलाइने भएको छ भने सबैशाखालाई सदस्यता नविकरण बारे जानकारी पठाउनका लागि १५ दिनको समय सिमा दिएको महासचिवकर्णले जनाएको छ ।

प्रत्येक जिल्ला अध्यक्षसंग समन्वय गरेर पर्साशाखाका लागि किरण कुमार कर्ण र जीतलाल श्रेष्ठ, बाराका लागि प्रवीण साह, शैलेन्द्रझा, रौतहटका लागि अजय कुमार साह र अजित सिंह, सर्लाहीका लागि रामनारायण बिश्वास रराजन सिंह, महोत्तरीका लागि रिंकु मिश्र र हदिश खुद्दार, धनुषाका लागि    ललिता साह, सिराहका लागि गुरु प्रसाद गौतम र जगतराई तथा सप्तरी शाखाका लागि सीकेन्द्र पासवान र भोजराज भट्टराईलाई सदस्यता शुद्धिकरणअभियानको जिम्मेवारी दिइएको महासचिव कर्णले जनाए ।
Photo Googel Bat

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -